उचित पोषण वृद्धावस्थामा स्वास्थ्यको सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एक हो। ज्येष्ठ नागरिक मिलन केन्द्र रूपन्देही दिवसेवा (SCRCR) मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य र पोषण आवश्यकतालाई ध्यानमा राखी दैनिक पोषणयुक्त दिवा खाजा तथा सन्तुलित भोजनको व्यवस्था गरिएको छ।


हाम्रो भोजन व्यवस्था

  • १२ प्रकारका अन्न मिसाएर तयार गरिएको मल्टीग्रेन पिठोको रोटी
  • जमिनमुनि फल्ने तरकारीलाई प्राथमिकता दिई केन्द्रमै ताजा रूपमा तयार गरिएको सन्तुलित तथा पोषणयुक्त खाना
  • कम नुन र परिष्कृत चिनीको प्रयोग
  • फाइबर, प्रोटिन तथा आवश्यक भिटामिन र खनिज तत्वहरूको पर्याप्त समावेश

विशेष आहार सेवा

मधुमेह, उच्च रक्तचाप, मिर्गौला तथा अन्य स्वास्थ्य समस्याहरू भएका सदस्यहरूका लागि आवश्यकताअनुसार विशेष आहारको व्यवस्था गरिन्छ।


जडीबुटी युक्त पानी

३० प्रकारका जडीबुटीहरूबाट तयार गरिएको मिश्रणबाट दैनिक पाँच प्रकारका जडीबुटी मिलाई उमालेको पानी सेवन गराइन्छ।

यसका फाइदाहरू:

  • प्रतिरक्षा प्रणाली बलियो बनाउने
  • हड्डीको स्वास्थ्य कायम राख्ने
  • ऊर्जा स्तर सुधार गर्ने
  • दीर्घकालीन रोगहरूको जोखिम कम गर्ने

सेवा को महत्व

यो सेवा केवल भोजन प्रदान गर्ने कार्यक्रम मात्र होइन, प्रत्येक ज्येष्ठ नागरिकप्रति हाम्रो माया, सम्मान र जिम्मेवारीको प्रतीक पनि हो। दैनिक रूपमा सँगै बसेर भोजन गर्ने अभ्यासले उहाँहरूलाई स्याहार, आत्मीयता र परिवारको सदस्य भएको अनुभूति गराउँछ।